२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फोटोफिचर)

मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फोटोफिचर)
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुस्तकरहित शुक्रबारले विद्यार्थीमा आत्मविश्वास बढाएको बताएका छन् । मेयर बालेनले सामुदायिक विद्यालयका विद्यार्थी अनुहारमा निर्वाध खुसी लिएर अध्ययन गरिरहेको दाबी पनि गरेको छ ।

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने गरिएको छ । यो दिन कुनै पनि पाठ्यपुस्तक अध्ययन गराइँदैन ।

मेयर बालेन्द्रले हिजो विभिन्न सामुदायिक विद्यालयको अनुगमन गरेका थिए । त्यस क्रममा विद्यार्थीहरुमा देखिएको खुसी र उत्साह समेटिएका केही तस्बिर पनि सामाजिक सञ्जालमा सावजनिक गरेका छन् । उनले लामो स्टाटससमेत लेखेका छन्–

मेयर बालेन्द्रले सामाजिक सञ्जालमा भनेका छन्–

अनुहारमा निर्बाध खुसी लिएर अध्ययन गर्दै छन्, सामुदायिक विद्यालयका विद्यार्थीहरू : ’पुस्तक रहित शुक्रवार’ले विद्यार्थीमा आत्मविश्वास बढायो

शैक्षिक सत्र सुरु भएपछि ’पुस्तक रहित शुक्रवार’का कार्यक्रम निरीक्षणका क्रममा हिजो जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालयमा, जनकल्याण माध्यमिक विद्यालय, गुहेशवरी माध्यमिक विद्यालय, धुम बराह माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय पुग्दा विद्यार्थीहरू स्केचिङ र स्कल्पचरमा सिप निखारिरहेका थिए । बाबा समूहको नेतृत्वमा सरसफाइका लागि श्रमदान भइरहेको थियो । यस्तै कंकेश्वरी आधारभूत विद्यालयमा १ देखि ३ सम्म विद्यार्थीहरू चित्रमा रङ्ग भर्ने र कागज काटेर कलात्मक बस्तु तयार गरिरहेका थिए । उनीहरू फलफूलका आकारलाई कसरी वास्तविक देखाउन सकिन्छ । आफैँ उपाय निकालिरहेका थिए ।

नव जागरण सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा नेतृत्व तथा व्यक्तित्व विकासको अभ्यास भइरहेको थियो । गीतामाता माध्यमिक विद्यालयमा इसिडीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई आफूलाई मन पर्ने चित्र कोर्न प्रोत्साहन गरिँदै थियो । कक्षा ४ देखि ८ सम्मका बालबालिकालाई सिर्जनात्मक सिकाइअन्तर्गत हाजिरी जवाफ, वाक्य निर्माण, स्काउटलगायतका क्रियाकलाप चलिरहेका थिए ।

शिवपुरी माध्यमिक विद्यालयमा भने चलचित्र सिर्जना सम्बन्धी छलफल चलिरहेको थियो । यसबाहेक विद्यार्थीहरू नृत्य, स्काउटिङ, संस्कृति र सम्पदा कक्षमा व्यस्त थिए । एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ का विद्यार्थीहरू खेल, रचना वाचन, चित्रकलामा मग्न थिए । गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा स्टिम, बाबा, स्काउटिङ जस्ता रचनात्मक सिकाइमा विद्यार्थीहरू रमाइरहेका थिए । यस विद्यालयमा हिजैदेखि शिक्षामा सिप अन्तर्गत स्केचिङ कला सुरु भएको छ । पाककलाको कार्यक्रम समापनको चरणमा छ । विद्यार्थीहरू परिपक्व र आत्मविश्वासका साथ आफूले सिकेको सिपमा छलफल गरिरहेका थिए । कक्षा ४ देखि ८ सम्मका सिर्जनात्मक कक्षाहरू १० वटा समूहमा चलिरहेको थियो ।

हिजो निरीक्षण गरिएका,शान्ति विद्या गृह र जुद्धोदय माध्यमिक विद्यालयमा लुडो खेल खेली विद्यार्थीले वातावरण संरक्षणका बहु आयामिक आयाम बुझिरहेका थिए । पुस्तक रहित शुक्रवार अन्तर्गत : चरित्र र नेतृत्व विकास, डान्स, सङ्गीत, उद्यमशील, विपद् व्यवस्थापन समूहका कार्यक्रम फोकल शिक्षक र सेवा प्रदायकबाट सञ्चालन भएको थियो ।

पशुपति मित्र मा बि मा विद्यालय परिसर बाहिर सेवा प्रदायककै प्रयोगशाला मा “मोबाइल एन्ड इलेकट्रोनिक्स” कक्षा ९ को लागि सञ्चालन गरिएको हो  । बाँसबारी मा बि मा कोडिङ कक्षा सञ्चालन भएको पाइयो । पचाकन्य आधारभूत विद्यालयमा योग अभ्यासमा विद्यार्थीहरू थिए ।

चारित्रिक, सामाजिक र नेतृत्व विकास, नृत्य, सङ्गीत, उद्यमशील, विपद् व्यवस्थापन समूहमा बाँडिएर समूहगत सिकाइ भइरहेको थियो ।

शिक्षकहरू पनि संयुक्त अध्यापन अभ्यासमा देखिनुहुन्थ्यो । अन्य दिनमा घण्टी लाग्नासाथ कक्षाबाट बाहिर निस्कन हतार मान्ने विद्यार्थीहरू आज भने घण्टीको परवाह नगरी सिकाइमा मग्न थिए । लाग्छ, उनीहरूको लागि यो सबैभन्दा रोचक काम हो । यो नसकी अन्यत्र कहीँ कतै, केही गर्नुहुन्न ।

उनीहरू जीवन जिउनका लागि चाहिने सिप सिकिरहेका थिए । आफूसँग सम्बन्धित समस्या आफैँ एक्ले कसरी समाधान गर्न सकिन्छ, अरूको सहयोग लिनु पर्दा कसको कसरी सहयोग लिनु पर्छ भन्ने ज्ञान हासिल गरिरहेका थिए ।

यसरी पुस्तकरहित शुक्रबारका क्रियाकलाप हेर्दा बालमैत्री सिकाइका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानु पर्छ । ज्ञान, सिप र सकारात्मक सोच विकासको नतिजा किताबका पानामा होइन, सिकारुको रुचिमा निर्भर हुन्छ ।

यसका लागि महानगरपालिकाले सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबारका कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यालयको पूर्वाधार, वातावरणीय तथा अन्य सामुदायिक पक्षसँगै शिक्षकको क्षमता विकासका लागि लगानी बढाएको छ ।

हिजो विद्यालयमा देखिन थालेको यो नतिजा क्रमश: परिवार हुँदै समुदायमा विस्तार हुनेछ, भन्ने हामीले अपेक्षा राखेका छौँ ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राले आफ्नो हिँड्ने बाटो, परिवार र समाजप्रतिको दायित्व, स्वावलम्बनका कुरा निर्धक्क बोल्न सक्छन् । यो ठुलो उपलब्धि हो । प्राप्त गर्नु पर्ने चिज धेरै छन् । यसको शुरुवात् राम्रो छ । यो ’पुस्तक रहित शुक्रवार’अन्तर्गत ‘एकीकृत सिकाई’, ‘सिर्जनात्मक सिकाइ’ , ‘शिक्षामा सिप’ ‘सिकाई उपलब्धिको लागि प्रविधि’ कार्यक्रमको नतिजा हो ।