४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।

शुक्रवार बसेको समितिको बैठकपछि कुरा गर्दै समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताउनुभएको हो । उहाँले आजको९शुक्रबार०को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताउनु भयो । समितिले कार्य परामर्श उपसमितिलाई पुन:गठन गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो – ‘म सभापति भएर आएर पहिलो पटक बैठक सञ्चालन गरेको हुँदा पहिला गरेका कामहरुलाई रिभ्यु गर्ने भन्ने हिसावले बैठकका कार्यविधिहरु के छन्, बजेटको अवस्था के छ, समितिमा कतिवटा विधेयकहरु प्राप्त भएका छन्, यो विषयमा जानकारी लिने, जानकारी गराउने र कार्यविधिको बारेमा माननीय सदस्यहरुले जानकारी गराएर उहाँहरुको सुझाव र सल्लाहसहित अर्को बैठकमा पारित गर्ने निर्णय गर्‍यौँ । कार्य परामर्श उपसमिति बनेको थियो सभापतिसहित ६ सदस्यीय । त्यसलाई पुन:गठन गर्ने निर्णय गर्‍यौँ । चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर नविकरणीय ऊर्जा सम्बन्धी विधेयकको बारेमा त्यसको समिति कोगठनको प्रक्रिया के हुन्छ ? कति सदस्यीय समिति हुन्छ ? त्यसको नेतृत्व कसले गर्छ ? केन्द्र ठूलो कि समिति ठूलो भन्ने विषयमा निर्णय गर्‍यौँ । नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको पहिले छलफल हुँदै आएको कुरा थियो । त्यसमा आज हामीले परिच्छेद ४ को दफा ११ को विषयमा समितिको गठन सम्बन्धी विषयमा छलफल गर्‍यौँ ।’

समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिनुभयो ।