३१ श्रावण २०८३, आईतवार
,
Latest
सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान



file photo
अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ ।

समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको हो ।

उहाँहरुमाथि सुनुवाइका लागि गरिएको उजुरी आह्वान गर्न समितिले आज जारी गरेको सूचनामा १० दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट दिने सकिने उल्लेख गरिएको छ । साथै, सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने भए पनि सूचनादाताले चाहेमा गोप्य राख्न सकिने जनाएको छ ।

संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ ।

त्यसपछि प्रस्तावित प्रधान न्यायाधीश राउतले १८ महिना न्यायापालिकाको जिम्मेवारी सम्हाल्नुहुनेछ । मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत र चित्रलेखा यादवदलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । रासस