१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज



अ+ अ-

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ ।  अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन् । तर पेन्सिल्भेनिया राज्यका न्यायाधीशले दिएको फैसलाले ट्रम्पको अभियानमा ठूलो धक्का लागेको छ । यो निर्णयसँगै पेन्सिल्भेनिया राज्यले राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनको पक्षमा मतपरिणाम सदर गर्न बाटो खुलेको छ । अब सोमबार पेन्सिल्भेनिया राज्यले बाइडेन विजयी भएको प्रमाणपत्र दिनेछ ।

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ कार्यक्रम नजिकिँदै जाँदा ट्रम्पको कानुनी टोलीले भने केही राज्यबाट बाइडेनलाई विजयी भएको प्रमाणपत्र दिन ढिलाई गर्ने योजनामा ध्यान दिइरहेको छ । तर ट्रम्पको कानुनी टोलीले दर्ता गरेका कैयौं निवेदनलाई सम्बन्धित राज्यका न्यायाधीशहरुले पर्याप्त आधार प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् । न्यायाधीश म्याथ्यू ब्रानले आफ्नो आदेशमा ट्रम्पको कानुनी टोलीले पेन्सिल्भेनिया राज्यमा हुलाकबाट प्राप्त मतपत्रका बारेमा उचित र पर्याप्त प्रमाण पेश गर्न नसकेको बताएका छन् । 
बाइडेनले हालसम्म ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपति ट्रम्पले २३२ मत मात्र प्राप्त गरेका छन् ।

आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) ले औपचारिक रुपमा राष्ट्रपतिलाई मतदान गर्नेछन् र त्यसभन्दा अघि नै सबै राज्यले इलेक्टोरल कलेजलाई प्रमाणीकरण गरिसक्नु पर्नेछ । तर ट्रम्पले चुनावी परिणामलाई अझै स्वीकार्न नचाहेका कारण राष्ट्रपतिको औपचारिक निर्वाचनमा अन्यौल कायमै छ । राष्ट्रपति ट्रम्प सहित उनको दल रिपब्लीकन पार्टीका बहुमत सदस्यले डेमोक्रेट उम्मेदवार बाइडेनलाई खुलेर समर्थन गरेका छैनन् । केही झिनो संख्याका रिपब्लीकन सदस्यहरुले मात्र चुनावी परिणामलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन् । 

पेन्सिल्भेनियाको अदालतको आदेश लगत्तै रिपब्लीकन पार्टीका तर्फबाट सिनेट सदस्य प्याट टूमीले बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचन जितेको र उनी नै संयुक्तराज्य अमेरिकाको ४६औं राष्ट्रपति हुने धारणा अघि सारेका छन् । उनले राष्ट्रपति ट्रम्पले हार स्वीकार्नुको विकल्प छैन भन्दै बाइडेनलाई संक्रमणकालीन प्रक्रियामा सामेल गर्नुपर्ने पनि बताएका छन् । चुनावी मतगणनामा पेन्सिल्भेनियामा बाइडेनले १ लाख ५५ हजारभन्दा बढी मतले ट्रम्पलाई पराजित गरेको देखिएको छ ।