३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताउनु भयो । उहाँले यस बीचमा धेरै राम्रा उपलब्धिहरु भएका पनि बताउनु भयो ।

मौलिक अधिकारहरु स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मुलत: मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँले समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनु भयो । संविधानको परिकल्पनाअनुसार समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको कार्यान्वयन गर्दै हामीले करिव ९ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धिहरु पनि भएका छन् । संसारका थोरै देशहरु होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीन वटै सेटअपहरु निर्माण गरेर तीनै तहका सरकारहरु स्मोथ्ली चलाएको संसारका धेरै देशहरुमा त्यस्तो देखिँदैन । मौलिक अधिकारहरु स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मुलत: मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ । यत्ति हुँदाहुँदै पनि हामीले स्वीकार गर्नुपर्छ की, संविधानले जस्तो खालको समाजको समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै कामहरु गर्न बाँकी छ । त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो । त्यो अस्थिरताका विभिन्न कारणमध्ये एउटा संविधानका केही व्यवस्थामा समेत अस्थिरता रहेको कारणले अहिले दुई दल मिलेर हामीले अनुभवका आधारमा संविधान संशोधन राजनीतिक स्थायित्वलाई दह्रो बनाउने कुरा गरिरहेका छौँ ।’

उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताउनु भयो । उहाँले संघ सरकारबाट बन्नुपर्ने केही कानूनहरु नबन्दा प्रदेशले पूर्ण रुपमा अधिकार प्रयोग गर्न नपाएको बताउनु भयो । काठमाडौंमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताउनु भयो ।