३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताउनुभएको छ ।

सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानविन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उहाँको दाबी थियो । बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिव ६५ करोड ठगी गरेको पनि संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताउनु भयो ।

उहाँले सो विशेष समितिमा रहेका रास्वपाका सांसद शिशिर खनालले लामिछानेले सहकारीमा ठगी गरेको स्वीकार गर्दै सो प्रतिवेदनमा हस्ताक्षर गरेर पनि बाहिर आएको क्लिन चिट पाएको भनेर छट्टु कुरा गरेको बताउनु भयो । महामन्त्री थापाले पार्टी उपसभापति धनराज गुरुङ माथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरुले सरकारलाई भनेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ भने सहकारीमा ठग्ने मानिसहरु दुई खालका छन् । एउटा आफैँ सहकारीमा बस्छ । सहकारीलाई ठग्छ । एउटा आफू सहकारीमा बस्दैन । बाहिर बस्छ । तर विभिन्न माध्यामबाट सहकारीलाई ठग्छ । त्यसैले सहकारीमा बसेर ठग्नेहरु पनि ठग नै हुन् । तर आफू सहकारीमा बस्दैनन, बाहिर बस्छन् । कम्पनीमा बस्छन् वा केहीमा बस्छन् । तर सहकारीबाट पैसा लिएर जान्छन्, त्यो पनि ठग नै हो भनेर त्यो दफाले सहकारीमा बसेर पैसा दिने मात्रै होइन है, सहकारीको पैसा लिने पनि ठग हो । सहकारीमा बसेर ठग्नेहरु भन्दा पनि नबसेर ठग्नेहरु धेरै हुँदा रहेछन् ।

त्यसैले कानूनमा नै के लेखियो भने सहकारीमा बसेर ठग्नेहरु जति दोषी हो, सहकारी नबस्ने, तर पैसा लैजानेहरु पनि ठग हो है भनेर । यो पनि सहकारी कानून हो । हामीले सोचेको भन्दा कति धेरै रहेछ, रहेछ । हामीले जति गर्‍योभनेर सोचेका थियौ, त्यो भन्दा कति कति । जस्तो उदाहरणको लागि सहकारी खोलेको छ । कम्पनी छ । त्यो कम्पनीमा सिधा चेक काटेर करोडौं कुम्ल्याएको छ । यहाँ मेरो सिग्नेचर छैन्न भन्ने कुरा सुन्छु मैले । कसैको पनि सिग्नेचर छैन । ठगी कसरी गरिएको छ भने कसैले सिग्नेचरनै गरेको छैन । मज्जाले कम्पनी खोलेको छ । कम्पनीमा करोड, करोड आएको छ । अनि बसेर चेक काटिएको छ । चेक काटेपछि अहिले आएर के भनिएको छ भने त्यो करोड कहाँबाट आयो, मैले थाहा पाईन । चोक मैले काटेको हो । तर पनि म दोषी होइन भनेर भनिएको छ । तर सहकारीको यो समितिले त्यसो भनेन । इन्ट्रस्टिङ कुरा के छ भने त्यही सम्बन्धित पार्टीको सांसद साथी पनि यो समितिमा हुनुहुन्छ । उहाँले के लेख्नुहुन्छ भने मेरो पार्टीको श्रद्धेय सभापतिले कीर्ते गर्नु भएकाले कीर्तेमा उहाँलाई मुद्दा चलाउनु पर्दछ ।

मेरो पार्टीको श्रद्धेय सभापतिले ठग्नुभएको हुनाले गर्दा ठगीमा उहाँलाई मुद्दा चलाउनु पर्छ भनेर लेखेर सिग्नेचर गर्नुहुन्छ । अनि छट्टु भन्ने कि, के भन्ने रु बाहिर आएर ल मैले राम्रोसँग काम गरेर आएँ । तपाईलाई एउटा पनि दोष लागेको देखिएन । तपाई आजदेखि क्लिन हुनुभयो भनेपनि तालि पड्किन्छ । अर्कोले के भन्छ भने हाम्रो अध्यक्षजीले खानु मात्र भएको हो, अर्काले पस्केको आएको त हो नि भन्छ अर्कोले । एउटाले के भन्छ भने हाम्रो अध्यक्षजीले ६५ करोड खानु त भएको हो । तर सिधै खानुभएको होइन, घुमाएर खानुभएको हो । मैले हिजो सभामा हेरेँ । बकाइदा आफैँले लेखेर आउनुभएको छ । यो समितिको काम गर्ने काम ठिक छ । सर्वसम्मत यो प्रतिवेदन पास भएको छ । म माननीय ईश्वरी न्यौपाने, दिलेन्द्रप्रसाद बडू पार्टीबाट गएका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन लिएर जान्छ, लैजानुपर्दछ । यत्रो दु:ख गरेर समितिले बनाएको छ । सरकारको जिम्मेवारी हो । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दाखेरी कुनै फरक पर्दैन । हाम्रै पार्टीका उपसभापतिबारे पनि सोधेको थिएँ । उहाँ आफैँले संसदको रोष्टममा उभिएर भन्नुभएको छ–क ममाथि अनुसन्धान होस् । सरकारले यसबारेमा थप अनुसन्धान गरोस्, गर्नुपर्छ ।’

महामन्त्री थापाले संसदीय छानविन विशेष समितिले बुझाएको सो प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।