५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण



अ+ अ-

वीरगञ्ज । नेपाली सेनाको श्रीजङ्ग गणले पर्सा जिल्लामा पर्ने चुरे संरक्षणका लागि वृक्षरोपण अभियानको सुरुआत गरेको छ । गणले आज वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोला आसपासको खुल्ला ठाउँमा वृक्षरोपण गरेर चुरे क्षेत्रलाई संरक्षण गर्न लागेको हो ।

श्रीजङ्ग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा वनजङ्गल अतिक्रमण भएकाले वृक्षरोपण गरिएको बताउनुभयो । ‘‘चुरे क्षेत्रको वनजङ्गल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारणले मासिने क्रम बढिरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले चुरे क्षेत्रलाई नजोगाउने हो भने भविष्यका सन्तती ठूलो समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसैले भावी पुस्ताका लािग पनि चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ ।’’

उक्त क्षेत्रमा भेडाहा खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेको छ । बाढीले जग्गा कटान गर्न थालेपछि सो क्षेत्र उच्च जोखिममा छ । त्यसैले उक्त क्षेत्र संरक्षण गर्नका लागि वृक्षरोपण अभियान अघि सारिएको प्रमुख सेनानी कटुवालले बताउनुभयो । गणले यस पटक पाँच हजार बिरुवा रोप्न लागेको उहाँले जानकारी दिनुभयो ।

‘‘चुरे संरक्षणका लागि वृक्षरोपण अभियान चलाएका छौंँ”, उहाँले भन्नुभयो । उहाँले मातहतका निकायलाई वृक्षरोपण पछि नियमित रुपमा बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिन निर्देशन दिनुभयो ।

सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादले विभिन्न प्रजातिका विरुवा रोपिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी सतिसाल, अमला, सागवान, सिसौ, लहरेपिपललगायतका प्रजातिका बिरुवा रोपिएका छन् ।