३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण



अ+ अ-

वीरगञ्ज । नेपाली सेनाको श्रीजङ्ग गणले पर्सा जिल्लामा पर्ने चुरे संरक्षणका लागि वृक्षरोपण अभियानको सुरुआत गरेको छ । गणले आज वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोला आसपासको खुल्ला ठाउँमा वृक्षरोपण गरेर चुरे क्षेत्रलाई संरक्षण गर्न लागेको हो ।

श्रीजङ्ग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा वनजङ्गल अतिक्रमण भएकाले वृक्षरोपण गरिएको बताउनुभयो । ‘‘चुरे क्षेत्रको वनजङ्गल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारणले मासिने क्रम बढिरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले चुरे क्षेत्रलाई नजोगाउने हो भने भविष्यका सन्तती ठूलो समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसैले भावी पुस्ताका लािग पनि चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ ।’’

उक्त क्षेत्रमा भेडाहा खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेको छ । बाढीले जग्गा कटान गर्न थालेपछि सो क्षेत्र उच्च जोखिममा छ । त्यसैले उक्त क्षेत्र संरक्षण गर्नका लागि वृक्षरोपण अभियान अघि सारिएको प्रमुख सेनानी कटुवालले बताउनुभयो । गणले यस पटक पाँच हजार बिरुवा रोप्न लागेको उहाँले जानकारी दिनुभयो ।

‘‘चुरे संरक्षणका लागि वृक्षरोपण अभियान चलाएका छौंँ”, उहाँले भन्नुभयो । उहाँले मातहतका निकायलाई वृक्षरोपण पछि नियमित रुपमा बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिन निर्देशन दिनुभयो ।

सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादले विभिन्न प्रजातिका विरुवा रोपिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी सतिसाल, अमला, सागवान, सिसौ, लहरेपिपललगायतका प्रजातिका बिरुवा रोपिएका छन् ।