२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ: गगन थापा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताउनुभएको छ ।

उहाँले सो सहमती कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताउनु भयो । सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमती कार्यान्वयन हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सो सहमती कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले सोही सहमतीको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबीच भएको ७ बुँदे सहमतीको आधारमा सरकार गठन भएको छ । सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं । तर यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा यसको वातावरण निर्माण गर्ने कुरामा जिल्ला तहमा तलपनि हामीले वातावरण बनाउनु पर्नेछ । यो सात बुँदे सहमतीको बारेमा आजै न्युनतम साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ ।’

महामन्त्री थापाले स्थानीय तहमा हुने बेरुजु अन्त्यका लागि पनि पार्टीका जनप्रतिनिधिहरुलाई पहल गर्न निर्देशन दिनुभयो ।