३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना खानेदेखि सुत्दासम्म यी कुराहरूलाई ध्यानमा राख्नुभयो भने तपाईलाई कुनै समस्या हुँदैन



अ+ अ-

एजेन्सी । हिन्दु धर्ममा वास्तुशास्त्रलाई विशेष महत्व दिइएको छ । यसलाई हिन्दू प्रणालीको सबैभन्दा पुरानो विज्ञान मानिन्छ ।

वास्तुशास्त्रमा हरेक दिशाको महत्वलाई मानिएको छ । यस्तो अवस्थामा जानौं ती वास्तु नियमहरू के हुन्, यिनलाई ध्यानमा राख्नुभयो भने जीवनमा सकारात्मक नतिजा देख्न सकिन्छ ।

यति मात्र होइन, खाना खाँदा वास्तु नियमलाई ध्यानमा राख्नुभयो भने जीवनमा सकारात्मक परिणाम देख्न सकिन्छ । ध्यान राख्नुहोस् कि खाना खाँदा तपाईंको अनुहार उत्तर–पूर्व दिशामा हुनुपर्छ । यसो गर्नाले देवी लक्ष्मी तपाईंसँग प्रसन्न रहनुहुन्छ, जसका कारण घरमा धन र अन्नको कमी हुँदैन ।

मानिसले सुत्दा पनि वास्तुको नियमलाई ध्यानमा राख्नुपर्छ, किनभने यसले व्यक्तिको स्वास्थ्यमा पनि असर गर्छ । सुत्दा टाउको पूर्व वा दक्षिण दिशामा हुनुपर्छ । यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । साथै उत्तर र पश्चिम दिशामा टाउको राखेर सुत्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यसका साथै घरको मुख्य ढोका अगाडि सुत्नु हुँदैन र खुट्टा ढोका तिर हुनुहुँदैन ।

घरमा नचलेको घडी कहिल्यै राख्नु हुँदैन, किनभने वास्तुशास्त्रमा यसलाई अशुभको प्रतीक मानिन्छ । यसका साथै घरको दक्षिण–पूर्व दिशामा कुनै पनि भारी वस्तु राख्नु हुँदैन । तपाईंको घरको मन्दिर उत्तर–पूर्व दिशामा हुनुपर्छ ।