४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा हिन्दू र बौद्धको जनसंख्या घट्यो, क्रिश्चियन र मुस्लिम बढे



अ+ अ-

काठमाडौं । नेपालमा १० वर्षको बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको जनसंख्या घटेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको जनसंख्या घट्दै गईरहेको छ भने क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बढ्दै गईरहेका छन् ।

नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीबाहेक अन्य सबै धर्म मान्ने जनसंख्या घटेको पाइएको छ ।

विभागको अनुसार हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ ।

२०६८ को जनगणनामा नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत र बौद्ध धर्मावलम्बी ९ दशमलव ०४ प्रतिशत थिए । पछिल्लो जनगणनामा हिन्दू ८१ दशमलव १९ प्रतिशत र बौद्ध धर्मावलम्बी ८ दशमलव २१ प्रतिशतमा घटेका ेतथ्याङ्कमा छ ।

२०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियन पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ भने मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।