२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा हिन्दू र बौद्धको जनसंख्या घट्यो, क्रिश्चियन र मुस्लिम बढे



अ+ अ-

काठमाडौं । नेपालमा १० वर्षको बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको जनसंख्या घटेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको जनसंख्या घट्दै गईरहेको छ भने क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बढ्दै गईरहेका छन् ।

नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीबाहेक अन्य सबै धर्म मान्ने जनसंख्या घटेको पाइएको छ ।

विभागको अनुसार हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ ।

२०६८ को जनगणनामा नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत र बौद्ध धर्मावलम्बी ९ दशमलव ०४ प्रतिशत थिए । पछिल्लो जनगणनामा हिन्दू ८१ दशमलव १९ प्रतिशत र बौद्ध धर्मावलम्बी ८ दशमलव २१ प्रतिशतमा घटेका ेतथ्याङ्कमा छ ।

२०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियन पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ भने मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।




भर्खरै