२९ भाद्र २०८३, सोमबार
,
Latest
नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक, के–के चाहिन्छ योग्यता ?



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन माग गरेको छ ।

हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नहुने भएसँगै एन्फाले सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै प्रमुख प्रशिक्षक माग गरेको हो ।

एएफसीको प्रो लाइसेन्स भएकोले मात्रै आवेदन दिन सक्नेछन् । त्यस्तै आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने मापदण्ड समेत तोकिएको छ ।

भदौ १३ गते बसेको एन्फा बोर्ड बैठकले एनेसको सम्झौता अवधि थप नगर्ने निर्णय गरेको थियो ।