३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास !



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहार गरी हत्याको प्रयास भएको छ ।

फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत असारमा पनि पेन्सेलभेनियामा चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली लागेर उनको कानमा घाउ भएको थियो । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए । त्यतिबेला केहीबेर आराम गरेर उनी पुन: राष्ट्रपति निर्वाचनको अभियानमा सक्रिय भएका थिए ।

यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेस्र्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेका छन् ।

उनी पक्राउ परेको क्षेत्रमा एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरण पनि फेला परेको थियो ।

अमेरिकी जासुसी संस्था एफबीआईका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिन्छ । अलजजिराले ट्रम्प दोस्रोपटक हत्या प्रयासबाट जोगिएको जनाएको छ ।

ट्रम्पले पनि आफू सुरक्षित भएको भन्दै नडराउन आफ्ना समर्थकलाई आह्वान गरेका छन् । आफूलाई रोक्न खोज्नेहरु जे गर्न पनि तयार भएको भन्दै ट्रम्पले यसविरुद्ध आफ्नो संघर्ष नरोकिने जनाएका छन् ।