• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त ★   बैतडीमा भाइरल ज्वरोका बिरामी बढे ★   विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ: शिक्षामन्त्री भट्टराई ★   हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित) ★   सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने ★   बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो ★   सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता ★   अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो ★   चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावित: युनिसेफ ★   जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै

यी हुन् एनपिएलको ८ वटै टीमका मार्की खेलाडी



काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र भएको छ ।

शनिबार काठमाडौँमा भएको लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहित पौडेल टीम लुम्बिनीको मार्की खेलाडी बनेका छन् ।

यसैगरी, सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाडौं, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको छ ।

पहिलो संस्करणको एनपिएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।