२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

६४ इन्स्पेक्टर र २३६ असइ भर्ना गर्न आवेदन माग



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३६ जना प्रहरी सहायक निरीक्षक (असई) का लागि आवेदन मागेको छ ।

प्रहरी प्रधान कार्यालयले आज सावर्जनिक सूचना प्रकाशन गर्दै प्रहरीले ठूलो संख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो ।

सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनोट शाखाले जनाएको छ ।

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।