३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराएको पेन्गुइन दुई हप्तापछि फेला



अ+ अ-

एजेन्सी । जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन् ।

बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान जो पहिले कहिल्यै खुला समुद्रमा पौडिएको थिएन । तर अगस्ट २५मा समुदूमा पसेको र मध्य आइची क्षेत्रबाट हराएकोे थियो ।

उक्त पेनगुइन हराएपछि उसको रक्षक रियोसुके इमाईले एउटा टोलीले तुरुन्तै त्यस क्षेत्रमा खोजी गर्न थालेको तर जापानभरी आएको आँधी र वर्षाले खोजीमा बाधा पु¥याएको बताउनुभयो ।

पेन–चानको पौडी खेल्ने र जङ्गलमा बाँच्ने कौशलको कमीलाई ध्यानमा राख्दै टोलीले पेन्गुइन धेरै टाढासम्म पुग्न वा एक हप्ता भन्दा बढी बाँच्न नसक्ने अनुमान गरेको थियो ।

तर आश्चर्यजनक रूपमा सेप्टेम्बर ८ मा इमाईले उड्न नसक्ने चरा ३० माइल टाढाको समुद्री तटमा पानीमा खुसीसाथ पौडी खेलिरहेको देखिएको जानकारी प्राप्त गर्नुभयो ।

“मैले सोचेँ ऊ थकित देखिन्छ । तर ऊ सधैँ जस्तै पौडी खेल्न थाल्यो,” पेनगुइनले पुनः नियन्त्रणमा लिएपछि इमाईले भन्नुभयो, “पेन–चान फेला पर्नु मेरो आश्चर्यभन्दा बाहिर थियो । यो एउटा चमत्कार हो ।”

“छ वर्षीया पेन–चानले आफै समातेर माछा र काँक्राहरू खाँदै आएको हुनुपर्छ । ऊ विश्रामका लागि विभिन्न ठाउँमा रोकेर त्यहाँ पुगेको होला, तर यो अझै पनि अविश्वसनीय छ,” इमाईले भन्नुभयो ।

उहाँले भन्नुभयो, “उसको वजन अलिकति कम भएको छ, बाँकी सबै ठीक छ ।”