३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईले बोलेको ‘हिंसा’ भन्ने शब्द असंसदीय ठहर भएन, अभिलेखबाट हटाउनु नपर्ने



अ+ अ-

काठमाडौँ । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताउनु भयो । उहाँले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘२०८१ साल भाद्र १२ गतेको प्रतिनिधि सभा बैठकमा माननीय योगेश कुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गर्नुभएकोमा सो शब्द असंसदीय रहेकोले संसदको अभिलेखबाट हटाइयोस् भनि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक माननीय हितराज पाण्डेसहितका माननीय सदस्यहरुले विषय उठान गर्नुभएकोमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई बिचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु । साथै पछिल्ला बैठकहरुमा कतिपय सन्दर्भमा प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहश हुने गरेको पाइएको छ । माननीयज्युहरुलाई संसदमा प्रश्तुत हुँदा शब्द चयनमा सचेतता अपनाउन आग्रह गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को व्यवस्था स्मरण गराउन चाहन्छु ।’

उहाँले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरुलाई संसदमा प्रश्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गर्नुभयो ।