१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद



अ+ अ-

एजेन्सी । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन् ।

सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको दुई दिने उद्धार अभियानमा तीन सय ४० भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो । पृथकतावादी समूहले दक्षिणपश्चिमी बलुचिस्तानको पहाडी क्षेत्रमा दुर्गम रेलमार्गमा बम विस्फोट गरेर करिब चार सय ५० यात्रु बोकेको रेलमा आक्रमण गरेको थियो ।

अफगानिस्तान र इरानसँगको सीमा नजिकै बलुचिस्तानमा बाहिरी मानिसहरूले प्राकृतिक स्रोतहरू लुटेको आरोप लगाउने धेरै पृथकतावादी समूहमध्ये एक बलुच लिबरेसन आर्मी ९बिएलए० ले उक्त आक्रमणको जिम्मा लिएको थियो ।

मृतकको सङ्ख्या फरक फरक आएको छ । सेनाले आधिकारिक बयानमा ‘२१ निर्दोष बन्धक’ विद्रोहीहरूद्वारा मारिएको र उद्धार अभियानमा चार सैनिक मारिएका बताएको थियो ।

बलुचिस्तानका एक रेलवे अधिकारीले बिहीबार बिहान २५ जनाको शव बन्धक स्थलबाट नजिकैको मच सहरमा रेलबाट लगिएको बताए ।

“मृतक १९ जना सैन्य यात्रु, एक प्रहरी र एक जना रेलवे अधिकारीका रूपमा पहिचान गरिएको छ भने चार जनाको शव अझै पहिचान हुन सकेको छैन”, नाम नछाप्ने सर्तमा ती अधिकारीले बताए ।

अपरेसनको निरीक्षण गर्ने एक वरिष्ठ स्थानीय सैन्य अधिकारीले विवरणको पुष्टि गरे ।

एक सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा मृतक सैनिकको सङ्ख्या यसअघि बन्धक बनाइएका २७ जना ड्युटी बाहिर रहेकासहित २८ रहेको बताएका थिए ।

घेराबन्दीबाट भागेका यात्रुहरूले सुरक्षामा पुग्न दुर्गम पहाडहरू हुँदै घण्टौँ हिँडेपछि विद्रोहीहरूले मानिसहरूलाई गोली हानेर मारेको देखेको बताए ।

पहिलो अन्त्येष्टि बिहीबार हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले पनि बलोचिस्तान भ्रमण गर्ने अपेक्षा गरिएको उहाँको कार्यालयले जनाएको छ । “प्रधानमन्त्रीले अपरेसनका क्रममा सुरक्षाकर्मी र रेल यात्रुहरूको शहादतमा दुःख र शोक व्यक्त गर्नुभयो”, कार्यालयले विज्ञप्तिमा भनेको छ ।

बिएलएले रेलमा आक्रमण गर्न पहाडमा लुकेका ठाउँहरूबाट दर्जनौँ विद्रोहीहरू निस्किएपछि ट्र्याकमा भएको विस्फोटको भिडियो जारी गरेको छ ।

प्रायः सुरक्षा बल र प्रान्त बाहिरका जातीय समूहहरूलाई लक्षित गर्दै विगत केही वर्षमा पृथकतावादी समूहहरूद्वारा आक्रमणहरू बढेका छन् ।

सुरक्षा बलले गरिब बलुचिस्तानमा दशकौँदेखि विद्रोहसँग लडिरहेका छन् तर स्वतन्त्र सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२३ को तुलनामा गत वर्ष प्रान्तमा हिंसामा वृद्धि भएको थियो ।




भर्खरै