
काठमाडौं। मिसन– २०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भेला भएर बिहीबार होली मनाएका छन् ।
राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलाडी, प्रशिक्षक, सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारीलगायतले एक आपासमा रंग दलेर होलीको शुभकामना आदान प्रदान गरेका थिए ।