५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते



अ+ अ-

काठमाडौं। भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई देखेर एक्कासि ब्रेक लगाउँदा स्कर्पिओ सडकमै पल्टिएको थियो।

घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनाको कानबाट रगत बगेको छ। अन्यको अवस्था सामान्य नै रहेको र उनीहरू स्कर्पिओ पल्टिएपछि आफै बाहिर निस्किएको प्रहरीको भनाइ छ।

गाडी पल्टिँदै आएपछि मोटरसाइकल पनि छेउतिर पल्टिएको थियो। तर मोटरसाइकल चालक भने लगत्तै घाइतेहरूको उद्धारमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ।