८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने

ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने
(Photo/Alex Brandon)
अ+ अ-

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट लगाइएको करको बदलामा इयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तराष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकसमेत विरुद्ध व्यापार युद्ध सुरु गर्नुभएको छ । व्यापार र अन्य नीतिगत मुद्दाहरूमा देशहरूलाई दबाब दिने उपकरणको रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आउनुभएको छ ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले यूरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गर्नुर्भको हो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बिहीबार लेख्नुभएको छ, “यदि यो कर वृद्धि तत्काल हटाइएन भने अमेरिकाले चाँडै नै फ्रान्स र अन्य इयकोू प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिराजन्य उत्पादनमा २०० प्रतिशत कर लगाउनेछ।”

ट्रम्पले अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत करलाई ’नराम्रो’ भन्दै समूहको कडा आलोचना गर्नुभएको छ । उहाँले इयू राष्ट्रलाई ‘विश्वको सबैभन्दा शत्रुतापूर्ण र अपमानजनक कर लगाउने र राजश्व उठाउने मुलुकहरूमध्ये एक’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाबाट फाइदा लिने एकमात्र उद्देश्यको लागि इयूको गठन भएको थियो।”

ट्रम्पको पछिल्लो घोषणापछि फ्रान्सले वाइन र मदिराजन्य सामानमा लगाइएको कुनै पनि करको प्रतिकार गर्ने बताएको छ । विदेश व्यापार मन्त्री लोरेन्ट सेन्ट मार्टिनले भन्नुभयो, “हामी चेतावनीको अगाडि झुक्ने छैनौँ । फ्रान्स ‘प्रतिकार गर्न कटिबद्ध’ रहेको छ । रासस/एएफपी