८ पुष २०८२, मंगलवार
,
Latest
एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय सरकारी टोलीद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा कार्यालयको अनुगमन–फोटोफिचर प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा



अ+ अ-

झापा। चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्चब्वाइज युनाइटेड फाइनलमा पुुगेको हो ।

चर्चब्वाइज युनाइटेड यो जितमा अफ्रिकन खेलाडी अबयोमी फकुन्लेले ह्याट्रिक गरे । जितसँगै चर्च ब्वाइज युनाइटेडले शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्ने पक्का भएको छ ।

पहिलो हाफसम्म मच्छिन्द्रसँग ३–० ले पछाडि रहेको चर्चब्वाइज युनाइटेडले दोस्रो हाफमा रोमाञ्चक कमब्याक ग¥यो । उसका लागि ६१औँ मिनेटमा अबयोमी फकुन्लेले पहिलो गोल गरे । उनैले ६९औँ मिनेटमा थप एक गोल गर्दै खेललाई २–३ को अवस्थामा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च व्याइजका लागि रिचार्ड विल्सनले गरेको गोलपछि खेल बराबरीमा पुग्यो । खेलको ८७ औँ मिनेटमा फकुन्लेले गरेको ह्याट्रिक गोल नै जितका लागि पर्याप्त भयो ।

त्यसअघि मच्छिन्द्रका लागि खेलको ३०औँ मिनेटमा विदेशी खेलाडी युसुफ मलिकले अग्रता दिलाएका थिए । साथै ४३औँ मिनेटमा एन्द्रेस नियालेले गोल थप्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । साथै ४४औँ मिनेटमा युसुफ मलिकले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए ।

प्लेयर अफ द म्याच अबयोमी फकुन्ले रु ११ हजार पाए । चर्चब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले २५ वर्षमा पहिलो पटक यति रोमाञ्चक पुनरागमन भएको प्रतिक्रिया दिए ।

प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसँगै ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार उच्च गोलकर्ताले रु २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले जनही रु २१ हजार र उदीयमान खेलाडीले नगद रु ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस