२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा
अ अ+ अ-

झापा। चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्चब्वाइज युनाइटेड फाइनलमा पुुगेको हो ।

चर्चब्वाइज युनाइटेड यो जितमा अफ्रिकन खेलाडी अबयोमी फकुन्लेले ह्याट्रिक गरे । जितसँगै चर्च ब्वाइज युनाइटेडले शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्ने पक्का भएको छ ।

पहिलो हाफसम्म मच्छिन्द्रसँग ३–० ले पछाडि रहेको चर्चब्वाइज युनाइटेडले दोस्रो हाफमा रोमाञ्चक कमब्याक ग¥यो । उसका लागि ६१औँ मिनेटमा अबयोमी फकुन्लेले पहिलो गोल गरे । उनैले ६९औँ मिनेटमा थप एक गोल गर्दै खेललाई २–३ को अवस्थामा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च व्याइजका लागि रिचार्ड विल्सनले गरेको गोलपछि खेल बराबरीमा पुग्यो । खेलको ८७ औँ मिनेटमा फकुन्लेले गरेको ह्याट्रिक गोल नै जितका लागि पर्याप्त भयो ।

त्यसअघि मच्छिन्द्रका लागि खेलको ३०औँ मिनेटमा विदेशी खेलाडी युसुफ मलिकले अग्रता दिलाएका थिए । साथै ४३औँ मिनेटमा एन्द्रेस नियालेले गोल थप्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । साथै ४४औँ मिनेटमा युसुफ मलिकले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए ।

प्लेयर अफ द म्याच अबयोमी फकुन्ले रु ११ हजार पाए । चर्चब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले २५ वर्षमा पहिलो पटक यति रोमाञ्चक पुनरागमन भएको प्रतिक्रिया दिए ।

प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसँगै ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार उच्च गोलकर्ताले रु २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले जनही रु २१ हजार र उदीयमान खेलाडीले नगद रु ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस