२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ: काँग्रेस सांसद गौतम



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ ।

उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजानका लागि सिफारिस गर्ने कुरा पदीय जिम्मेवारी विपरित र अपराधजन्य कार्य भएको पनि बताउनु भयो । उहाँले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उहाँबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताउनु भयो ।

सांसद गौतमले भन्नुभयो,‘यस सभामा उपसभामुखमाथि प्रश्न उठेका छन् सभामुख महादेय । प्रश्न इन्दिरा रानामगरमाथि होइन, उपसभामुख इन्दिरा राना मगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको कुरा हो । उपसभामुख जस्तो जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरुलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग हो । र, यो गम्भिर अपराध समेत हो । जसको सन्दर्भमा स्वयम उपसभामुखज्यूले साउन ४ गते स्पष्टिकरण दिदै धेरै कुराहरु स्विकार गरिसक्नु भएको छ । यसबारेमा म धेरै भन्न चाहन्न । उपसभामुख महोदय, यहाँ करुणाको कुरा उठ्यो । संख्याको कुरा पनि उठ्यो । महिलाको कुरा पनि उठयो । तर यहाँ विषय करुणा र संख्या अनि महिलाको होइन । संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरो हो सभामुख महोदय । मेरो उपसभामुखज्युलाई आग्रह छ–तपाईले इमानको मानक राख्नुस, मार्ग प्रशस्त गर्नुस् । उपसभामुख पदबाट राजीनामा दिनुस् ।’

सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताउनु भयो ।