५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौँ । सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्नेभन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । 

शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताउनु भयो । उहाँले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताउनु भयो । सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गर्नुभयो । उहाँले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाएपनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताउनु भयो । सह प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताउनु भयो ।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘पछिल्लो ओमिक्रोनको संक्रमणलाई हेर्दा यो धेरै संक्रामक रहेको छ । यसले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन । सबै वर्गहरु संक्रमित भइरहेको देखिन्छ । तीव्र संक्रामक भएको हुनाले एकजनामा संक्रमण पुष्टि भयो भने हामी बसेको ठाउँ परिवारमा अरु व्यक्तिहरु पनि संक्रमित भएको देखिरहेका छाँै । एक ठाउँमा संक्रमण हुँदा त्यहाँ वरिपरि रहेकाहरुमा संक्रमण फैलिरहेको छ । तर जोखिमको हिसावले पहिलेको भेरियन्टहरु भन्दा कम जोखिमपूर्ण छ । स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण छ । यो हुनुको पछि कोभिड खोप लगाउनेको संख्या बढेको कारण र अर्को बढी प्रभाव पार्ने अंग अरु भेरियन्टले फोक्सोको तलको भागमा बढी प्रभाव पार्दथ्यो भने यसले घाँटीसम्म गएर प्रभाव पार्छ । त्यसैले जोखिमका हिसावले तुलनात्मक रुपमा कम हो । तर भ्याक्सिन नलगाएको मानिसहरुमा बढी जोखिम भइरहेको अस्पतालमा भर्ना दरहरु हेर्दा तलैसम्म जोखिम पु¥याएको हामीले देखेका छौँ । संक्रमणको गति तीव्र छ । हामीले लिने सामान्य सावधानीहरुले त्यसलाई कम गर्न सकिन्छ । कोभिड १९ बिरुद्धको खोप लगाउन सकेको आधारमा जोखिम कम हुन्छ । अहिले हामी संक्रमणको उच्च अवस्थाबाट गइरहेका छौँ । यो केही समय रहन्छ र बिस्तारै कम हुँदै जान्छ । हामी बच्न र अरुलाई बचाउन उपलब्ध भएको कुराहरु जनस्वास्थ्यका मापदण्ड, कोभिड १९ बिरुद्धको खोप नै हो ।

समग्र स्वास्थ्य सेवाहरुमा धेरै व्यक्तिहरु संक्रमित हुँदै जाँदा यसले धेरै चुनौति थप्छ । समुदायमा धेरै व्यक्तिहरु संक्रमित हुँदा त्यही समुदायमा, परिवारमा बस्ने नर्स, डाक्टर उहाँहरु घरपरिवारबाट पनि संक्रमित हुन सक्नुहुन्छ । अर्को अस्पतालमा संक्रमितको संख्या धेरै बढ्दै जाँदा, कोरोनाको उपचार र अरु सेवा लिनका लागि आउनेहरुको संख्या बढी भएपछि स्वास्थ्यकर्मी संक्रमितबाट आफू संक्रमित हुने, नभएको व्यक्तिलाई संक्रमण सार्नसक्ने अवस्था सिर्जना हुने, भएपछि ती स्वास्थ्यकर्मीलाई हामीले अलग्गै आइसोलेशनमा बस्ने व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसो गर्दा उहाँहरुको ठाउँमा काम गर्ने अर्को मानिस चाहियो । थप स्वास्थ्यकर्मीहरु व्यवस्थापन गर्ने चुनौति छ । स्वास्थ्यमा पूर्वाधारहरु धेरै थपिएको छ । तर सवास्थ्यकर्मीहरु गुणात्मक रुपमा थप्न सकिरहेका छैनौँ । भएका स्वास्थ्यकर्मीलाई तालिम दिने र केही स्वास्थ्यकर्मीहरुलाई करारमा लिने काम गरेका छौँ । संक्रमण थपिँदै जाँदा काम गर्ने स्वास्थ्यकर्मीहरु आफ्नो ठाउँमा रहेपनि स्वास्थ्य सेवा प्रवाहमा चुनौति आउँछ । अर्को अरु सवा लिन आउने व्यक्तिहरुलाई त्यो चक्रबाट संक्रमण सर्दै जाँदा उहाँहरुमा हुने स्वास्थ्य जटिलता तुलनात्मक रुपमा बढी हुन्छ । जसले गर्दा जनधनको क्षति बढी हुने सम्भावना छ । संक्रमण रोक्नका लागि समुदायमा गर्ने प्रयासहरु धेरै गर्नुपर्ने हुन्छ ।’

सह प्रवक्ता अधिकारीले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिनुभयो । उहाँले कोरोना भएको ७ दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो । सह प्रवक्ता अधिकारीका अनुसार ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने बताउनु भयो ।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा पृथकवास बस्नुपर्छ । अरुसँग भेटघाट गर्नहुँदैन । भेटघाट भएका मानिसलाई सुचित गराउन आवश्यक हुन्छ जसले संक्रमण रोक्न सहज हुन्छ । संक्रमण पुष्टि भएर आइसोलेशनमा बसेको छ भने ७ दिनपछि संक्रमण सर्दैन भन्ने कुरा पुष्टि भएकोले सात दिनपछि परीक्षण गर्नुको कुनै औचित्य छैन । सर्पको काँचुली देखिएजस्तै भाइरसको केही अंश परीक्षण गरेपनि देखिनसक्छ । तर त्यसले संक्रमण सार्ने अवस्था हुँदैन । त्यो सक्रिया भाइरस हुँदैन । तर त्यहाँ हामीले जनस्वास्थ्यका मापदण्ड पलना गरेर कार्यालय जान्छु भन्ने सोच्छौँ तर कोभिडका लक्षणहरु छन् भने सक्रिय छ कोरोना भनेर आइसोलेशनलाई निरन्तरता दिनुपर्छ । सक्रिय भाइरस रहेसम्म लक्षणहरु देखिन्छन् । त्यस्तोमा लक्षण हराएको थप तीन दिनसम्म आइसोलेशनमा बस्नुपर्छ । कसैलाई १० दिनमा पनि लक्षण छ भने १० औँ दिनसम्म पनि संक्रमण गराउन सक्ने भाइरस छ भन्ने बुझ्नुपर्ने हुन्छ । उहाँले १३ दिनसम्म आइसोलेशनको अवधि पूरा गर्नुपर्छ, १० दिनमा लक्षण कम भयो भने । त्यस्तोमा परीक्षण गराइराख्नुको कुनै आवश्यक्ता छैन । त्यसले कुनै अर्थ दिँदैन, श्रोत साधनको दुरुपयोग मात्रै हो ।’

सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिनुभयो । उहाँले कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताउनु भयो ।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘हामीले नेपालमा कोभिड १९ बिरुद्धको जुन भयक्सिन लगाएका छौँ । भेरोसेल, कोभिशील्ड र अस्ट्राजेनिका लगाएको अलि लामो समय भएको छ । ६ महिना भन्दा बढी भएको ६ महिना भन्दा बढी भएको छ । यस्तोमा हामीले जुन खोप लगाएका छौँ त्यही खोप लगाउने नै हाम्रो अध्ययनहरुको सिफारिस छ । विश्व स्वास्थ्य संगठनबाट पनि आएको छ । हामीले एउटा खोप लगाएकोमा अर्को खोप मिसाउने सिफारिस गरेका छैनौँ । सरकारको नीति त्यस्तो छैन । हामीले अध्ययन, अनुसन्धान हेरेर गरिएको सिफारिस हो । कोभिशील्ड र अस्ट्रजेनिका खोपको बनावट एउटै हो । नाम मात्रै फरक हो, खोप एउटै हो । त्यस्तोमा अस्ट्राजेनिकाको ठाउँमा कोभिशील्ड, कोभिशील्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशील्ड वा अस्ट्रजेनिका लगाएको व्यक्तिमा भेरोसेल लगाउने कुरा सरकारले सिफारिस गरेको छैन । भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ ।त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु ।’

सह प्रवक्ता अधिकारीले विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाबिरुद्धको खोप लगाउने सम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजको रुपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने बताउनु भयो ।