२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नेपालमा भित्रियो बाथरोगको प्रारम्भिक निदान गर्ने डायग्नोस्टिक किट

नेपालमा भित्रियो बाथरोगको प्रारम्भिक निदान गर्ने डायग्नोस्टिक किट
अ अ+ अ-

काठमाडौं । बाथरोगबारे प्रारम्भिक निदानका लागि डायग्नोस्टिक किट नेपाल भित्रिएको छ । यस्तो प्रविधि नेपालमा पहिलो पटक ल्याइएको हो ।

नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोष्टिक किट ल्याएको हो ।

सक्षम डायग्नोष्टिक मेसिन किट भित्रिएपछि बाथरोगबारे जानकारी लिन कुनै लक्षण कुर्नु नपर्ने नेक्स जेन ल्याब सोलुसनले जनाएको छ ।

समयमा बाथरोग र टाइप १ मधुमेह पत्ता लगाएर बाथरोगको निदान गर्न सकिन्छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा सो किटको शुभारम्भ गरिएको छ ।

यो किटले रोग प्रारम्भिक अवस्थामा नै पत्ता लगाउने र बिरामीलाई समयमै उपचार सुरु गर्न मद्दत पुयाउने छ ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले युरोपको चेक रिपब्लिकस्थित ‘होला वायोल्याब्स’ सँगको सहकार्यमा नेपाल ल्याउनुभएको हो ।

उहाँले नेपालमा धेरै बिरामी सामान्यतया रोगको गम्भीर अवस्था पुगिसकेपछि मात्र अस्पताल पुग्ने भन्दै त्यसबेलासम्म शरीरका अंगमा क्षति भइसकेको हुने बताउनुभयो ।

डा. वैद्यले रोग पत्ता लगाइसकेपछि उपचार लामो तथा महँगो हुने भन्दै उक्त मेसिनले प्रारम्भिक लक्षण पत्ता लगाउँदा बिरामीलाई सहज र प्रभावकारी उपचार प्राप्त गर्न सजिलो हुने बताउनुभयो।

कार्यक्रममा वाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यले डायग्नोष्टिक किट आरटी–पीसीआर प्रविधिमा आधारित रहेको जानकारी दिनुभयो ।

नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले भविष्यमा परीक्षणका लागि देशभरिका अस्पताल र स्वास्थ्य संस्थाहरूमा सहज उपलब्ध गराउने योजना बनाइएको बताउनुभयो ।

नेक्सजेन सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग वा टाइप–१ मधुमेहको शुरुवाती अवस्था नै पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ । रोगले गम्भीर रूप लिनु अघि नै रोकथाम गर्न सकिन्छ । उहाँले बिरामीलाई लामो समयसम्म औषधि सेवन गर्नबाट पनि जोगाउँने बताउनुभयो ।