३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने’



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ । पत्रकारले तथ्यमा आधारित रही समाचार लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारीको आह्वान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा आज घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन गर्दै उहाँले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गर्नुभएको हो । “सरकार सच्चिन चाहन्छ । कमीकमजोरी सच्याएर अगाडि बढने भएका कारण तथ्यमा आधारित भएर आलोचना गर्नुस्”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले आफ्नो नियतमा खोट नभएको, कमिकमजोरी भए सच्च्याउन तयार रहेको बताउनुभयो । राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेकाले वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुलखर्च नियन्त्रण गर्न आचारसंहिता बनाइएको स्पष्ट पार्नुभयो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । “पत्रकारितामा नयाँ आयाम थपिएको छ । विश्वसनीय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ”, उहाँले भन्नुभयो, “समाज रुपान्तरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासङ्घका संस्थापक टीकाराम रेग्मीलगायतले समाजलाई सही दिशा प्रदान गर्न मिडियाको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभएको थियो ।




भर्खरै