१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि हाललाई स्थगन गरिएको जनाएको छ ।

यही माघ १५ गते गर्ने भनिएका उक्त जिल्लाको जिल्ला अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी हाललाई स्थगित गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । सङ्क्रमण जोखिम न्यूनीकरण भएर आम जनजीवन सामान्य बन्दै गएपछि उक्त जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने उहाँले जानकारी दिनुभयो ।