२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा एघार लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपलब्ध गराएको छ ।

प्रदेशभित्र महिला स्वयंसेविकाका चार हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रदेश सरकारले ५० प्रतिशत र सङ्घीय सरकारले ५० प्रतिशत बीमाबापतको रकम भुक्तानी गर्दै आएको छ ।

सरकारले प्रदेशभित्रका ‘क’ वर्गका अपाङ्गता भएका पाँच हजार एक सय ४५ परिवारका साथै एचआइभी सङ्क्रमित दुई हजार एक सय ४७ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ ।

रु एक लाख बराबरको स्वास्थ्य बीमाका लागि पाँच जनासम्मको परिवारले रु तीन हजार पाँच सय बुझाउनुपर्ने र त्यसभन्दा बढी सदस्यको हकमा प्रतिथप सदस्य रु सात सय बुझाउनुपर्छ ।

बीमालाई प्रभावकारी बनाउँदै त्यसको दुरुपयोग नहोस् भन्ने हेतुुका साथ विमामा आवद्ध भएका व्यक्तिले सरकारी अस्पतालमा कूल औषधोपचार खर्चको १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत कोपेमेन्ट९सह भुक्तानी० बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।