१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् ।

काठमाडौंको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रीत होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रबादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।

थापाले नेपाली राजनीति ध्रुविकृत हुँदै गरेकोले साम्यवादी/पुँजिवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरु पनि एक हुनुपर्ने जरुरी भएको बताएका छन् । विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिदै थापाले एकताको न्युनतम शर्त ’सत्ता केन्द्रित होईन सिद्धान्तकेन्द्रित नीति र आन्दोलन’ हुनुपर्ने समेत स्पष्ट पारे । उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आबश्यकता औल्याएका छन् ।

स्थानीय तहको उपनिर्बाचन हुने भएकोले अहिलेदेखी तयारीमा जुट्न थापाले निर्देशन समेत दिए । मुलुकमा सर्बसत्ताबादी अभ्यास गर्ने प्रयास भैरहेको भदै थापाले भ्रष्टाचार र कुशासनलाई छोप्न अनेक तानाबाना बुनिन थालिएको भन्दै त्यसको प्रतिबाद गर्नुपर्ने समेत उनको धारणा थियो । कार्यक्रममा पार्टीका नेताहरु डाक्टर बिष्णु भण्डारी, राजाराम बर्तौला, धिरज भण्डारी ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।