१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउस छोडदै



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताउनु भएको छ । 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गर्नु भएको छैन । यद्यपी यसअघि उहाँले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाउनु भएको थियो । 

ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गर्नु भएको थियो । चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेर कानुनी चुनौतीहरू दिनु भएको थियो । तर अदालतले ट्रम्पले लगाएका आरोपहरुमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरु खारेज गरिदिएका थिए । 

हाल राष्ट्रपति ट्रम्पले दिनु भएको पछिल्लो अभिव्यक्तिले उहाँ पराजय स्वीकार गर्न नजिक पुग्नु भएको देखिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताउनु भएको छ । इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गर्नु भएको देखिएको छ । संविधान अनुसार कूल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गर्नेछन् । त्यसयता जो बाइडेन राष्ट्रपति–निर्वाचितका रुपमा रहनु हुनेछ ।