१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता संजय दत्तसँगको भेटमा कंगनाले दिइन् स्वास्थ्य लाभको कामना



अ+ अ-

मुम्बई । कंगनाले सामाजिक सञ्जालमा संजयसँगको फोटो सेयर गर्दै स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनले लेखेकी छिन्, ‘हामी हैदराबादको एउटै होटलमा बसेको थाहा पाएपनि आज बिहानै संजू सरलाई भेट्न  र उनको स्वास्थ्यबारे सोध्न पुगेँ। अत्यन्तै खुशी पनि भए। किनकि, संजय अझै पहिलेभन्दा ह्यान्डसम र स्वस्थ देखिएका छन्।’ संजय दत्तलाई फोक्सो क्यान्सर भएको छ। उनलाई स्वास लिन कठिनाई भएपछि मुक्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो। उनले क्यान्सरको लडाइ जितेको गत महिना जानकारी दिएका थिए।

बलिउड अभिनेत्री कंगना रनौत आउँदो फिल्म ‘थलाइवी’को अन्तिम सुटिङको लागि अहिले हैदराबादमा छिन्। उनले सुटिङकै क्रममा अभिनेता संजय दत्तलाई भेटेकी छन्। कंगना फिल्म थलाइबीको मुख्य भुमिकामा देखिदै छिन्। उनी तमिलनाडुको पूर्व सीएम जयललिताको भूमिकामा देखिने भएकी छिन्। यस फिल्म जयललिताको बायोपिकमा आधारित छ। फिल्मलाई एएल विजयले निर्देशन गरिरहेका छन्। यो फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ।