२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समीक्षालाई पूजाको काउन्टर – फिल्म आउनु अगाडि शत्रु त लाग्छन् नै



अ+ अ-

काठमाडौँ । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच विवाद बढेको छ ।

गायिका अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार गरेको भन्दै अभिनेत्री शर्मालाई चेतावनी दिएकी थिइन् । त्यसको काउन्टरमा अभिनेत्री शर्माले आफूलाई जोडेर नकरात्मक सन्देश दिएको भन्दै आपत्ति जनाएकी हुन् ।

‘आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडियो शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन् त्यसमा मेरो गम्भिर आपत्ति रहेको छ ।’ पूजा शर्माले सामाजिक सञ्जालमा भनेकी छन् ।

साथै, उनले मिडियामा आएका आफ्ना सम्पूर्ण सामाग्रीहरू नितान्त व्यावसायिक बताउँदै ती बाहेक आफ्ना र समीक्षाको पनि आफ्नो व्यक्तिगत जीवन रहेको भन्दै त्यसमा न आफूले कहिल्यै प्रतिक्रिया दिएको आगामि दिनमा पनि नबोल्ने वाचासहित सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गरेकी छन् ।

उनले अन्त्यमा फिल्म आउनु अगाडि शत्रुहरु लाग्ने प्रतिक्रिया समेत दिएकी छन् ।

यो पनि पढ्नुस्ः अभिनेत्री पूजालाई चेतावनी दिँदै समीक्षाले भनिन् – ‘फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्’