७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
अ+ अ-

दाङ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार १८० जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ५१ जनाले आकस्मिक सेवामार्फत उपचार गराएका छन् । साथै, ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

आकस्मिक सेवाबाट उपचार गराउनेमध्ये २६ जना पुरुष र २५ जना महिला छन् । यस्तै, ओपिडीमा ४३५ पुरुष र ७४५ महिला उपचारका लागि आएका थिए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ४४६ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका निर्देशक डा सुरेश रसाइलीले बिरामीको बढ्दो चापले प्रतिष्ठानप्रतिको जनविश्वास बढ्दै गएको सङ्केत गरेको बताउनुभयो । विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङसहित छिमेकी जिल्लाबाट पनि ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उहाँको भनाइ छ ।

बिरामीको चाप बढे पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइएको प्रतिष्ठानले जनाएको छ । रासस