२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न: मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो?



अ+ अ-

नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो सो आपत्ति जनाउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताउनु भयो । उहाँले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत न्हुने बताउनु भयो । उहाँले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यो देश बंगलादेश हुन्छ, यो देश श्रीलंका हुन्छ, भन्न पाउने हो । साँच्चै नै भन्ने हो गठबन्धनको निर्वाचन भइसकेपछि के भनेर जनतासँग भोट मागेको थियौँ । के भनेर जनतालाई भोट मागेका थियौँ । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्‍यो, यसलाई बचाउनका लागि मत दिनुस्, त्यो मत दिएकाले संविधान, संघीयता बचाउँछ भनेको होइन । तर त्यसपछि हामी प्रतिवद्ध भयौँ त ? भएनौँ । हामी पदका लागि कहिले यता, उता गरिरह्यौँ । आफू पदमा रहुन्जेल राम्रो अरु पदमा गएर व्यवस्थापन गर्दा खराब हुने ?नेपाली काँग्रेसले रहरले गठबन्धन गरेको होइन । नेपाली काँग्रेसले परिस्थितिवश यो देशको अवस्था कमजोर भयो, देशको प्रधानमन्त्री बन्न मान्छे यताउति गर्न थाले, जनतामा अविश्वास बढ्यो, विकास भएन भनेर हामीले एमालेसँग गरेकै हो । हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्‍यो रे ? १२ बजे कहाँ पुग्यो रे । ए मार्सी चामलको भात बिर्सिनु भयो ?मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईंहरुले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ ।’

उहाँले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ?कति जना जेलमा छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले नेताहरुकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताउनु भयो । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको बताउनु भयो ।




भर्खरै