३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै रियल म्याड्रिडको हार



अ+ अ-

म्याड्रिड । शनिबार ला लिगामा रियल म्याड्रिड घरेलु मैदानमै एलाभेससँग १-२ ले पराजित भएको छ । 

लुकास पेरेजुले पाँचौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै एलाभेसलाई अग्रता दिलाएका थिए । रियलले पछिल्ला तीन खेलमा विपक्षी टिमलाई पेनाल्टीको अवसर दिएको यो पाँचौंपल्ट हो । गोलरक्षक थिबो कोटवाको भुलमा जोसेलुले एलाभेसका लागि दोस्रो गोल थपे ।

खेलको ८६औं मिनेटमा कासेमिरालेले रियलका तर्फबाट एक गोल फर्काए । जिनेदिन जिदानको टिम १७ अंकसाथ चौथो स्थानमा छ । एलाभस भने १३ अंकसहित नवौं स्थानमा उक्लिन सफल रह्यो ।