४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ उपविजेता टोलीका खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो ।

यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसबाट कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ खेलाडीले प्राप्त गर्नेछन् । जसअनुसार प्रत्येक खेलाडीले ६५ हजार ४० रुपैयाँ पाउनेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, सहायक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गरेका छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीले पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।