१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका रक्षामन्त्री वेइ फेङहेलाई उप-प्रधानमन्त्रीस्तरीय सुरक्षा व्यवस्था



अ+ अ-

काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेको भ्रमणलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । वेईलाई गृहमन्त्रालयले उप–प्रधानमन्त्री स्तरको सुरक्षा दिने बताइएको हो । नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलका अनुसार गृह मन्त्रालयको संयोजनमा चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीयय सुरक्षा व्यवस्था मिलाइने भएको हो । वेइ एक दिने नेपालको भ्रमणका लागि आज बिहान १० बजे काठमाडौ आईपुग्दै हुनुहुन्छ ।

२० सदस्य रहेको भ्रमण टोलीको नेतृत्व गर्दे औपचारिक भ्रमणका आउन लाग्नु भएका वेइ बिमालस्थल बाट बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुहुने छ । दुतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी भै सकेपछि उहाँ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा संग औपचारिक वार्ताका लागि सैनिक मुख्यालय भद्रकाली पुग्नु हुने छ ।

प्रधानसेनापति थापा संगको छलफल पछि वेई प्रधानमन्त्री केपी ओली संग भेट गर्न वालुवाटार स्थित प्रधानमन्त्री निबास जाने र त्यस पछि राष्ट्रपति बिद्यादेबी भण्डारी संग भेट गर्न शितल निबास जाने कार्यक्रम रहेको छ । केहि घण्टाको नेपाल बसाई पछि वेई बंगलादेश तर्फ जानु हुने छ ।