३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया

रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
अ+ अ-

काठमाडौं । रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधन (ईभी) जाँचपास प्रक्रियामा अनियमितता भेटिएपछि भन्सार विभागले १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ। घटनामा संलग्न देखिएका आयातकर्ता कम्पनी तथा भन्सार एजेन्टहरूमाथि समेत प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ।

विभागका अनुसार लक्ष्मी ई–मोबिलिटी, साइमेक्स इन्क, सिजी मोटर्स, पुजा इन्टरनेसनल नेपाल, पुजा कन्ट्रक्सन नेपाल तथा एजेन्ट नम्बर २४८, ८३३ र ४७८ लगायतका जाँचपास प्रतिनिधिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ।

विद्युतीय सवारीसाधन आयात तथा जाँचपास प्रक्रियाबारे उठेका प्रश्नपछि भन्सार विभागले अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिसहित अनुगमन टोली गठन गरेको थियो। टोलीले रसुवा र मुस्ताङ भन्सार कार्यालयमा स्थलगत अध्ययन तथा अभिलेख परीक्षण गरेर प्रतिवेदन बुझाएको हो।

मुस्ताङ भन्सार कार्यालयको प्रतिवेदनअनुसार २०८३ जेठ १२ र १३ गते घोषणा भएका ६४९ वटा ईभी ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रियामा गएका थिए। अभिलेख र सीसीटीभी फुटेज विश्लेषणपछि ती सबै सवारी २०८३ जेठ १४ भित्र नेपाल प्रवेश गरी नियमानुसार जाँचपास भएको निष्कर्ष निकालिएको छ।

तर रसुवा भन्सारमा भने कर्मचारीहरूले आवश्यक सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको प्रतिवेदनले औंल्याएको छ। स्थलगत अध्ययनमा केही सवारीसाधन भन्सार परिसरमा भौतिक रूपमा नपुग्दै कागजी प्रक्रियाका आधारमा मात्रै जाँचपास गरिएको भेटिएको जनाइएको छ।

यही आधारमा अर्थ मन्त्रालय र भन्सार विभागले तत्कालीन कार्यालय प्रमुखसहित संलग्न कर्मचारी, आयातकर्ता कम्पनी र भन्सार एजेन्टहरूमाथि कानुनी कारबाही सिफारिस गरेको जनाएको छ।