२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी



अ+ अ-

इजरायल। इजरायली रक्षा बल (आईडीएफ)ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने जनाएको छ ।

आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी हेजबुल्लाहले गरेको पछिल्लो आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएको घटना इजरायली पक्षले “स्वीकार गर्न सक्ने”वास्तविकता नभएको बताउनुभएको छ ।

आईडीएफले थप खतरा रोक्न दक्षिणी लेबनानमा आफ्नो कारबाही जारी राख्ने कुरामा जोड दिएको छ । प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतरा हटाउन, हेजबुल्लाहको उल्लङ्घनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कारबाही जारी राख्ने जनाउनुभएको छ ।

हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेनामाथि आक्रमण गरेपछि प्रतिक्रिया स्वरुप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो । डेफ्रिनले हेजबुल्लाहले पछिल्लो समयमा युद्धविरामको उल्लङ्घन गरी नागरिक र सैन्य कर्मचारीलाई लक्षित गरी सयौं ड्रोन र रकेट आक्रमण गरेको जनाउनुभएको छ ।

लेबनानमा विद्रोही समूहले युद्धविराम उल्लङ्घन गरी ड्रोन आक्रमण गरेपछि दक्षिणी लेबनानमा आइडिएफ ट्याङ्क बटालियनका कमान्डर र अन्य तीन सैनिकको मृत्यु भएपछि इजरायली सेनाले बेका उपत्यकामा हेजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाइएको छ । आक्रमणको केही समयपछि, यस क्षेत्रमा तनाव कम गर्ने प्रयास स्वरुप इजरायल र हेजबुल्लाहबिच नयाँ युद्धविराम सम्झौता भएको जनाइएको छ ।

सिएनएनले वार्तासँग परिचित धेरै स्रोतलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहले युद्धविराम पुनस्र्थापित गर्ने सम्झौतामा पुगेको जनाएको छ । स्रोतलाई उदृत गर्दै सिएनएनले यो सम्झौता संयुक्त राज्य अमेरिका र कतारको संयुक्त मध्यस्थता प्रयासमार्फत भएको थियो । दुई पक्षबिच युद्धविरामको घोषणा भएको केही क्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा विद्रोही समूहसँग इजरायली पक्षलाई युद्धविराममा सहमत हुन आग्रह गरेको बताउनुभएको छ । रासस/एएनआई