६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका रक्षामन्त्री वेइ फेङहेलाई उप-प्रधानमन्त्रीस्तरीय सुरक्षा व्यवस्था



अ+ अ-

काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेको भ्रमणलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । वेईलाई गृहमन्त्रालयले उप–प्रधानमन्त्री स्तरको सुरक्षा दिने बताइएको हो । नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलका अनुसार गृह मन्त्रालयको संयोजनमा चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीयय सुरक्षा व्यवस्था मिलाइने भएको हो । वेइ एक दिने नेपालको भ्रमणका लागि आज बिहान १० बजे काठमाडौ आईपुग्दै हुनुहुन्छ ।

२० सदस्य रहेको भ्रमण टोलीको नेतृत्व गर्दे औपचारिक भ्रमणका आउन लाग्नु भएका वेइ बिमालस्थल बाट बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुहुने छ । दुतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी भै सकेपछि उहाँ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा संग औपचारिक वार्ताका लागि सैनिक मुख्यालय भद्रकाली पुग्नु हुने छ ।

प्रधानसेनापति थापा संगको छलफल पछि वेई प्रधानमन्त्री केपी ओली संग भेट गर्न वालुवाटार स्थित प्रधानमन्त्री निबास जाने र त्यस पछि राष्ट्रपति बिद्यादेबी भण्डारी संग भेट गर्न शितल निबास जाने कार्यक्रम रहेको छ । केहि घण्टाको नेपाल बसाई पछि वेई बंगलादेश तर्फ जानु हुने छ ।