३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

हेलम्बु पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेका छौं : निमा ग्याल्जेन शेर्पा

हेलम्बु पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेका छौं : निमा ग्याल्जेन शेर्पा
अ+ अ-

“हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिका निमार्ण” को नारा तय गर्दै अगाडि बढेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका साँच्चै नै नमुना काम गर्दै अगाडि बढिरहेको छ । शिक्षा,स्वास्थ्य, र रोजगारी सिर्जना गर्नका लागि गाउँपालिका हरबखत यहि क्षेत्रमा लगानी गर्दै आइरहेको छ । बर्थिङ सेन्टरको विकास गर्दै हेलम्बुमा सुत्केरी हुने महिलाहरुलाई बर्थिङ सेन्टरसम्म पुग्ने वातावरण मिलाउनुका साथै किसानहरुका लागि विभिन्न अनुदानका कार्यक्रमहरु पनि ल्याइरहेको छ । अहिलेसम्म गाउँपालिकामा के के काम सम्पन्न भए ? विकास निर्माणको अवस्था कस्तो छ र हेलम्बुलाई समृद्ध बनाउन के के काम भइरहेका छन् भन्ने विषयमा सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग गरिएको कुराकानी ।  
 
कसरी अगाडि बढ्दै छ गाउँपालिकाको विकास निमार्णका काम ?
शेर्पा: चाडपर्बहरु भर्खरै सकियो । गाउँपालिकाको नियमित कामहरु त भइरहेकै छन् । टेण्डरको काम पनि सकेर ठेकेदारहरु फिलडमा आएर काम गर्न थालिसकेका छन् । ४ वटा झोलुङ्गे पुल बनाउने काम पनि सुरु भइरहेको छ । त्यस्तै नियमित कामहरु त अगाडि बढिरहेका छन् ।

विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा विकास निर्माणको काममा कस्तो असर पर्यो ?

शेर्पा : कोरोनाले हेलम्बु गाउँपालिकामा विकास निमार्णको काममा खासै असर गरेन । चैत बाट कोरोना सुरु भएको हो र हाम्रो प्राय कामहरु चैतमा सकिसकेको थियो । त्यसैले धेरथोर असर त पुरर्यायो नै तर खासै क्षति भने पुर्याएन । तर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम केहि पछि आएको थियो त्यो पनि अरु गाउँपालिका नगरपालिकाहरुले राहत वितरण गर्यो तर हामीले चाहिँ जस्लाई खान पुग्दैन थियो गाउँपालिका बाट राहत दिनुपर्ने अबस्थाका छन् तिनिहरुलाई त्यहि स्वरोजगार कार्यक्रममा लगाएर त्यहि ज्यालाबाट आउने रकमले खाद्यान्न किनेर खाऊ भन्यौँे र अगाडि बढ्यौ हामीले कसैलाई पनि राहत भनेर छुट्टै बजेट  खर्च गरेनौँ ।

चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन् ? गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए ?

शेर्पा : चुनाबका बेला बोलेका कुराहरु त्यस्तो नाप्ने यन्त्र उपकरणहणहरु हामीसँग केहि छैन । तराजुमा नापेर का पुग्यो भनेर हेर्नेे चलन पनि छैन । तर चुनाबको बेला बोलेका र हेलम्बुमा आवश्यकता रहेको कुनैपनि काम हामिले गर्न बाँकि राखेका छैनौँ । हामीले गरेका काम प्रति हेलम्बु गाउँपालिकाका जनताहरु खुशि छन् कि छैनन् ? हामीले गरेका कामहरु देखि जनता खशि छैनन् कि ?भनेर मिडियाहरु बाट आउन पर्ने आएको छैन । मलाई लाग्छ हामिले जनताले के चाहि रहेको छ भन्ने विषयमा  गम्भीर भएर काम गरिरहेका छौँ । मैले हेलम्बु गाउँपालिका लाई भ्रष्टाचार शुन्य गाउँपालिका र नमुना गाउँपालिका बनाउछु भनेर हिजो प्रतिबद्धता गरेको थिए र त्यहि अनुरुप काम भइरहेको छ । अब हेलम्बु गाउापालिकाको भुगोल धरै छ विकासका काम गर्न एकदम अफ्ट्यारो स्थिति छ र पनि हामीले १२ महिना निरन्तर गाडि चल्न सकोस भनेर मोटरबाटो लाइ ब्यबस्थित गर्ने काम गरिरहेका छाैं । कामहरु तिव्र गतिमा अगाडि बढेका छन्  । ५ बर्ष भित्र हामि सबै सडकमा बर्षभरि नै गाडि चल्ने बनाउन सक्छौँ ।

जनताको घर दैलोमा कत्तिको पुग्ने गर्नुभएको छ ?

शेर्पा: हैन यस्तो छ । हामि पुगिरहेकै छौँ र पुग्छौ पनि । कोभिडको बेला हामी गाउँगाउँमा जनताहरु अवस्था बुज्न गयौँ त्यो बेला कोभिडले गर्दा भन्दापनि गाउँगाउँका मानिसहरु जो लामो समय देखि औषधि खाइरहेका छन् उनिहरुको बिचल्लि देखेँ । कतिपयको त औषधि सकिएको पनि पाइयो र बाहिर हिड्न डरले खाइरहेको औषधि पनि नखाई बसेको पाएपछि मलाइ लाग्यो अब पनि हामिले दिर्घरोगीहरुको हेरचाह गरेनाँै र स्वास्थ्यको ख्याल गरेनौ भने गाउँका मानिसहरु कोरोनाले भन्दा पनि अन्य रोगले मर्ने भयो भनेर तुरुन्तै हामीले डक्टर लिएर घरघरमा पुगेर औषधि वितरण गर्र्यौँ । त्यसले गर्दा हेलम्बुका नागरिकहरुलाई धेरै सहयोग मिल्यो । मैले चढ्ने गाडिलाई एम्बुलेन्स जस्तै बनाएर घर घरमा पुग्यौ र जुनसुकै रोगको बिरामिलाई निशुल्क औषधि वितरण गर्दै सम्पुर्ण नागरिकहरुको स्वास्थ्य परिक्षण गर्दै हिड्यौ अहिले सबै ठिक छ  र बेला बेलामा म नागरिकको घर दैलोमा पुगेकै हुन्छु । सरकार भनेको नागरिकलाई अप्ठ्यारो परेको बेला सहयोग गर्न बनेको हो र हाम्रो नागरिकलाई हामिले जतिबेला अफ्ट्यारो पर्छ त्यति हामीले जसरी पनि सहयोग गर्नै पर्छ र गर्छौँ पनि ।

हेलम्बु पर्यटकिय क्षेत्र हो तर प्रचारप्रसारको कमिले गर्दा ओझेलमा परेको छ, यसलाई प्रबद्र्धन गर्न चाहिँ के गर्दै हुनुहुन्छ ?

शेर्पा: हेलम्बु ओझेलमा पर्नको कारण भनेको पहिला जहाँ जहाँ ट्रेकिङ  रुटहरु थियो ती ठाउँमा अहिले मोटरबाटो पुग्यो त्यसले कतिपय होटल व्यवसायी साथीहरुलाई निकै नै असर पर्यो त्यसैगरि भुकम्पले पनि हेलम्बुमा भएका पुरातात्विक संरचनाहरु सबै ध्वस्त भयो र अहिलेसम्म पनि त्यसको पुननिमार्ण हुन सकको छैन त्यसले गर्दापनि पर्यटकिय क्षेत्रलाय असर पुर्र्याएको छ । अझै पनि हेलम्बुको गंजलापास बाट लाङटाङ राष्ट्रिय निकुञ्ज त्यस्तै हेलम्बु सेमिसिदाङ हुदै लाङटाङ जोड्ने बाटो बनाउने काम भइरहेको छ । यस बर्षै यो बाटो जोड्नको लागि काम अगाडि रहेको छ । यो सँग सँगै हेलम्बु ग्रेटट्रेलको निमार्ण गरिरहेकै छौँ र त्यो सँगसँगै बन्जिजम्प, प्याराग्लाइडिङ लगाएतको विकासको लागि पनि संरचना बनाउनका लागि काम गरिरहेका छौँ । त्यस्तै किवि खेतिहरु अगाडि बढाएका छौँ । हेलम्बुको स्याउ फर्काउन लागिरहेका छाँै । त्यसैले मैले भनिरहेको छुु काठमाडौ भ्यालि लगायत अन्य स्थानहरुबाट हेलम्बुमा घुम्न आउँआउँ लाग्ने खालको पर्यटकीय गन्तब्य बनाउनका लागि हामी काम गरिरहेका छौँ ।  

स्थानीय स्तरमा रोजगारिको कुराहरु पनि छन् स्थानिय स्तरमा नै रोजगारिको सिर्जना गर्नका लागि के गर्दै हुनुहुन्छ ?

शेर्पा: जस्तो कि हेलम्बुमा निमार्ण भइरहेको ग्रेटट्रेलमा हामीले स्थानियलाई नै काम लगाइरहेका छौँ र त्यहाँपनि धेरै जना हेलम्बुको नागरिकहरुले काम पाइरहेका छन्  । यसै गरि हेलम्बुका नागरिकहरु स्याउ खेति, किवि खेति , व्यवसायिक रुपमा आलुखेति गर्न लागिरहेका छन् । कृषिलाई पनि उत्पादन र आम्दानिमा जोड्न हेलम्बु गाउँपालिका लागी रहेको छ ।  पशु पालन गर्न चाहने कृषकहरुलाई पनि अनुदानको ब्यबस्था गरेर हामीले स्वरोजगारको सिर्जना गरिरहेका छौँ  र प्रधानमन्त्री स्वोरोजगार कार्यक्रममा पनि कतिपय नागरिकहरु सहभागि भएका छन् र त्यसले गर्दापनि हेलम्बुमा रोजगारि सिर्जना भइरहेको छ भन्न सकिन्छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहान नै हेलम्बु गाउँपालिकामा छ, खानेपानी आयोजनाबाट के अपेक्षा राख्नुभएको छ ?

शेर्पा: यो चाहि एकदम निराश लाग्दो कुरा छ । हामीले बारम्बार भनिरहेका छौँ । उहाँहरुलाई एउटा मात्र ध्यान छ जसरि भएपनि पानी काठमाडौं लैजान पाए हुने तर हेलम्बु र खानेपानी बाट प्रभाबितहरुको लागि के गर्ने भन्ने कसैलाई पनि चासो छैन । पानी काठमाडौ लैजान सक्यो भने हामी बहादुरी हुन्छौ भन्नेमात्र छ । त्यसैले यहाँको जनताको समस्याको पनि चासो राखोस,समस्या समाधान गर्नमा सहयोग गरोस् भन्ने अपेक्षा त होनि हाम्रो ठुलो अपेक्षा त राखेको छैनौँ हामीले । यहाँबाट पानी लगिसकेपछि मुहानभन्दा मुनितिरको भागमा रहेका ट्राउट माछा फर्महरु छन् । ठुलो ठुलो फाँटहरुमा कृषिको लागि सिंचाइको कामहरु भएका छन् । त्यस्को समस्या समाधानका लागि के गर्ने हो ?जतिपनि आयोजना बाट प्रभाबित छन् उनिहरुको लागि के गर्ने भनेर छलफल गर्नका लागि हामिले बारम्बार उहाँहरुलाई बोलाउछौँ तर कहिल्यै पनि उहाँहरु हामिसँग छलफल गर्न मानिरहनु भएको छैन । किन हो ? पानी पठाइसकेपछि लेभि निर्धारणको कुराहरु छन् विकास निमार्णमा सहयोग गर्ने कुराहरु छन्  त्यो त पानी लानुभन्दा पहिला नै छलफल गरेर जानुपर्यो नि ! तर उहाँहरु त्यसो गर्नुहुन्न आफ्नै सुरमा काम गर्नुहुन्छ यहाँको कुनै चासो राख्नुभएको छैन । यस्ता उहाँहरुको हर्कत देख्दा चाहिँ दुःख लाख्छ ।

हेलम्बु अब कस्तो बन्छ ? कस्तो बनाउने सोच बनाउनु भएको छ ?

शेर्पा: अहिले सम्म हेलम्बु गाउँपालिकाले निमार्ण गर्नपर्ने संरचनाहरु तिव्र गतिमा अगाडि बढिसक्यो । अब शिक्षामा व्यापक सुधार गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । जस्तै हाम्रो मोडल विद्यालय पनि अन्तिम चरणमा पुगिसक्यो र शिक्षालाई व्यापक सुधार गर्दै अगाडि बढ्न पर्छ र बाँकि एउटा मात्र काम भनेको के हो भने अहिले वृद्धवृद्धाहरुको लागि निशुल्क औषधि वितरण गरेको जस्तै अब हेलम्बुको सबै नागरिकको स्वास्थ्यको जिम्मा गाउँपालिकाले लिनेगरि काम अगाडि बढाएका छौ । एउटा कार्यक्रम बनाएका छाैं । उक्त कार्यक्रम हेलम्बुमा लगभग २० हजार जनसंख्या छ र अहिले हाम्रो कार्यक्रममा १५ हजार मात्र यो बर्ष सहभागि भएका छन् भने १ व्यक्ति बराबर ५ हजार मात्र लियो भनेपनि ५ हजार नागरिक बाट लिनेहरु पैसा गाउँपालिका बाट हालेर बैंकमा जम्मा गर्ने हो भने हेलम्बुका प्रत्येक नागरिकको स्वास्थ्य उपचार निशुल्क गर्न सकिन्छ । कतिपय नागरिकहरु आफ्नो स्वास्थ्य उपचार गर्न नसकेरै अकालमा मर्नुपरेको अवस्थालाई मध्यनजगर गर्दै गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा जिम्मा लिने हो भने नागरिकहरुलाई कुनै पनि चिन्ता ह’ने थिएन र आफ्नो काम चिन्ता नलिई गर्न पाउथेँ । १ जना बराबर २ हजार ३ हजार मात्र लिने हो भने उठेको पैसा जतिनै गाउँपालिकाले पनि हाल्ने र उपचार गरे बापतको कुनैपनि शुल्क नलिने गरि कार्यक्रम बनाइरहेका छौँ । त्यस्तै संरचना मात्र बन्या भने हेलम्बुमा भन्दापनि नेपाल भरमा कुनैपनि पालिकाको भन्दा हेलम्बुको जनताको प्रतिव्यक्ति आय सबैभन्दा बढि कसरी बनाउन सकिन्छ र कसरी नमुना गाउँपालिका बनाउन सकिन्छ भनेर लागि रहेका छौँ । यो सबैकुराहरु देख्न त तत्कालै नसकिएला तर हामि एउटा लक्ष्य बनाएर अगाडि बढिसकेका छौँ । जसरि भएपनि पुरा गरेरै छोड्छौँ ।