४ भाद्र २०८३, बिहीबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन



अ+ अ-

एजेन्सी । अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु)का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् ।

अस्ट्रेलियाकोे भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ ।

मौसम विज्ञान ब्यूरोले सोमबार भिक्टोरियाका लागि अझ तीव्र हावाको पूर्वानुमान गर्दै मङ्गलबार अवस्था सहज हुनुअघि असिना र आँधीबेहरी आउने आकलन गरेको छ ।

बिजुली प्रदायक युनाइटेड इनर्जीले प्रभावित राज्यमा बिजुली पुनः निर्माण गर्न धेरै दिन लाग्न सक्ने चेतावनी दिएको छ ।

भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले सोमबार बिहान पत्रकार सम्मेलनमा केही क्षेत्रमा प्रभावित बिजुलीको मर्मत गर्नु धेरै खतरनाक रहेको बताउनुभएको छ ।

आइतबार दक्षिण अस्ट्रेलियामा सात हजार घर बिजुली प्रभावित भएको थिए भने टापू राज्य तस्मानियामा बाढी चेतावनी जारी गरिएको थियो ।