२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकमा गलत भ्रम नफिँजाउन बालेनलाई अनेरास्ववियुको चेतावनी



अ+ अ-

काठमाडौं । अनेरास्ववियुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)लाई नागरिकमा गलत भ्रम नफिँजाउन चेतावनी दिएको छ ।

साहले एमाले र एमालेका नेता विरुद्ध भ्रम फिँजाएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । ‘समाजमा वितण्डा मच्चाउने गरी अभिव्यक्ति दिने कुरा काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा रहनुभएका बालेनजीको निम्ति कत्तिको शोभनिय विषय हो, यो आजको युवाले बुझ्नु पर्ने कुरा हो, हामी जायज कुराको पछि लागौँ, नाजायज कुरालाई लिएर समाजलाई दिग्भ्रमित गराउने कुरा प्रति आजको युवा सजक हुन जरुरी छ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले भन्नुभयो ।

एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मालाई अदालतले पक्राउ गर्न आदेश दिएको भनि साहले भ्रम फिँजाएको भन्दै अनेरास्ववियुका बडालले आपत्ति जनाउनुभयो । बाल हिंसासँग जोडेर शर्मालाई अदालतले पक्राउ गर्ने आदेश दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा शर्मा पक्राउ नपरेको भनि साहले सामाजिक सञ्जालमा लेखपछि आफू अदालतको फैसला बारे बुझ्न आज सर्वोच्च अदालतमा गएको बडालले बताउनुभयो ।

सर्वोच्च अदालतको गत असार ३० गतेको सपना मल्ल सहितको पूर्ण इजलासको फैसलामा ती बालिकालाई शर्माले निरन्तर पठन पाठन गराई रहेको उल्लेख भएको बडालले बताउनुभयो ।

रेखा शर्माले बालिकालाई बाल हिंसा गरेको कुरा अदालतको फैसलामा कतै उल्लेख छैन । उल्टै शर्मा अभिभावक बनेर धुम्बाराही माध्यमिक विद्यालयमा कक्षा दुईमा भर्ना गराई निरन्तर अध्ययन गराइरहेको देखिन्छ भने अदालतको फैसलामा लेखिएको छ ।

निज बालिकाका बाबु कालीचरण चौधरीले वन्दी प्रत्यक्षीकरणको आदेश माग गरेकोमा बालिका कतै बन्धक नभएकोले सो आदेश जारी गर्नु नपर्ने अदालतको आदेशमा उल्लेख । कालीचरणले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाई मुद्दा दर्ता गरेकाले सो मुद्दामा दोषी हुँदा वा पक्रेर थुन्न पर्दा बालेन्द्रलाई नै थुन्नु पर्ने बडालको भनाई छ ।

अदालतले ती बालिका मुख्य अभिभाव बाबु आमा नै भएकोले बाबु कालीचरण चौधरी र आमा उर्मिला चौधरीको जिम्मा लगाउन आदेश दिएको छ । ‘सर्वोच्चको फैसलाले त बरु तपाईँलाई पक्रेर थुन्ने आधार दिएको छ, रेखाले बालिकालाई संरक्षण गरेर पढाए बापत दोषी भन्न मिलेन भन्छ, गन्धा स्ट्याटस लेखेर अभियुक्त बालेन पो हिरो बनेको ?’ बडालले भन्नुभयो ।

अदालतले बालिकाका बाबु आमासँगको समन्वयमा बालिकाको सम्पूर्ण शिक्षा दीक्षा र पालन पोषणको व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । सो आदेशमा शर्माको नाम कतै जोडिएको छैन ।

काठमाडौं महानगरपालिकालाई सो विषयमा प्रत्येक तीन महिनामा प्रतिवेदन पेस गर्न र सो प्रतिवेदनबाट बालिकाको सर्वोत्तम अनुकूल शिक्षा तथा पालनपोषण नभए आवश्यक निकासका लागि इजलासमा पेस गर्न समेत अदालतले आदेश दिएको छ ।