५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौन स्नान गरी मनाइयो सोमबारे औँसी



अ+ अ-

काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो ।

सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउनुहुन्छ । सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने तथा अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु उचित मानिन्छ । प्रत्येक महिनामा आउने औँसीलाई विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रहीआएको छ । भाद्र कृष्ण औँसीका दिन आज घर घरमा वर्षभर देवकार्य एवं पितृकार्यका लागि महत्वपूर्ण मानिने कुश भित्र्याइँदै छ ।

आजैका दिन पिताप्रति सम्मान भाव प्रकट गरी पितृ सम्मान दिवस मनाइँदै छ । माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि सोमबार परेको औँसी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा देशभर विभिन्न तीर्थस्थलमा स्नान गर्नेको घुइँचो लागेको छ । रासस