१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाउको दुखेको उपचार अब घरैबाट, जान्नुहोस् यस्ता छन् १० उपाय



अ+ अ-

काठमाडौं । टाउँको दुख्ने राष्ट्र समस्या भन्दा फरक नपर्ला, अझ यो चिसो मौसम आउँन साथ सजग हुन जरुरी छ । दिनभरिको कामको थकान, केही कुरामा विषेश एकोहोरिएर तनाव लिँदा र सही मात्रामा आहार नलिँदा टाउको दुख्ने समस्या आउँछ । त्यसलाई हटाउनका लागि धेरै मानिस एलोपेथिक औषधि खाने गर्छन् । यसले चाँडो निको त पार्छ तर साइड एफेक्ट देखिने सम्भावना पनि उथिकै रहन्छ । तर यदि हामीले यसको उपचार बिना कुनै साइड एफेक्ट र धेरै खर्च बिना उपचार गर्न सम्भव भयौ भने अवस्य यो तपाईहरुको लागि खुशीको खबर बन्न पुग्छ ।  हामीले हाम्रो घर भित्रको सामग्रीहरुलाई टाउको दुखेको औषधीको लागि प्रयोग गर्न सक्छौं । यस्ता छन् यस्का समाधान गर्ने तरिका :

१) नरिवलको तेलले १० मिनेटसम्म मसाज गर्नुहोस् ।

२) एक गिलास मनतातो पानीमा कागती निचोरेर पिउनुहोस् ।

३) बदामको तेलले टाउकोमा १५ मिनेटसम्म मसाज गर्नुहोस् ।

४) आईस प्याकले टाउको सेक्नुभयो भने शिरका मांसपेशीहरूलाई आराम पुग्नेछ  ।

५  एक चम्चा दालचिनीको धूलोमा अलिकति पानी हालेर पेस्ट बनाउनुस्, तयो पेस्टको लेप टाउकोमा लगाउनुहोस् र त्यसलाई २० मिनेटपछि धुनुहोस् । 

६) सातवटा लसुनका पोटीलाई आधा गिलास पानीमा उमालेर पिउने गर्नुहोस्  ।

८) एक गिलास पानीमा एक चम्चा जीरा मिसाएर पिउनुहोस् ।

९) एक कप पानीमा अदुवाको सानो टुक्रा हालेर उमाल्नुस् अनि मनतातो भएपछि चिया पिएजसरी पिउनुहोस् ।

१०) अलिकति चन्दनको धूलोलाई पानीमा भिजाएर पेस्ट बनाउने अनि आधी घन्टापछि धुनुहोस् । 

यी तरिकाहरु अप्नाएर हेर्नुहोस् तपाईको टाउको दुख्ने बिरामीको समाधान हुनेछ ।