३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवासलाई एसकेआईएफको सम्मान



अ+ अ-

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरियो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगितामा सहभागिता जनाउदै ३ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए । उनले माल्टाको प्रतियोगितामा १ रजत, भारत र फिलिपिन्समा भएको प्रतियोगितामा समान १–१ स्वर्ण तथा भारतमै भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा १ कांस्य जितेका थिए । राष्ट्रिय प्रतियोगितामा पनि सुवासले स्वर्ण जिते । सबै प्रतियोगितामा उनले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।

संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायतका पदाधिकारीले व्यक्तिगत रुपमा रकम संकलन गरी सुवासलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सुवासलाई एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा सुवासलाई केल्मीको ट्रयाकसुट, टिसर्ट र गि पनि प्रदान गरिएको थियो ।