१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 27.88

Wind: 1.03

Humidity: 26

Latest
भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त पहिरोले अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो घनश्याम भुसाललाई विष्णु रिमालको चुनौती– आफ्नै पार्टी ‘खत्रा’ बनाएर देखाए हुन्न ? अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले सरकारबाट आतङ्कवादी हमलाको निन्दा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन



अ+ अ-

काठमाडौं: अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ।

पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप-महानिर्देशकले गर्नुहुनेछ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो। यसैगरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो।