१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ



अ+ अ-

कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
  
वास्तविक परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका–४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका–६ का २२ वर्षीय सुमन खड्कासमेत दुवैलाई पक्राउ गरी कानूनबमोजिम थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।