१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना रिहा भएका छन् ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएकोमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीहरुले जनही ९ हजार रुपैयाँ धरौटी बुझाएका छन् । पक्राउ पर्नेमा सुर्खेत घर भइ वाफलमा रोयल खाजाघर सञ्चालन गर्ने ३४ वर्षिय गोपीराम जैसी, अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अतिथि रहेका ओली र देउवाविरुद्ध नाराबाजी र होहल्ला भएको थियो ।

प्रहरीले दुईजनालाई सोहीदिन र थप एकजनालाई भोलिपल्ट पक्राउ गरेको थियो ।




भर्खरै