• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना रिहा भएका छन् ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएकोमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीहरुले जनही ९ हजार रुपैयाँ धरौटी बुझाएका छन् । पक्राउ पर्नेमा सुर्खेत घर भइ वाफलमा रोयल खाजाघर सञ्चालन गर्ने ३४ वर्षिय गोपीराम जैसी, अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अतिथि रहेका ओली र देउवाविरुद्ध नाराबाजी र होहल्ला भएको थियो ।

प्रहरीले दुईजनालाई सोहीदिन र थप एकजनालाई भोलिपल्ट पक्राउ गरेको थियो ।