४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षको उत्कृष्ट खेलाडीले कार पाउने



अ+ अ-

काठमाडौँ । वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीले कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई कार दिने भएको हो ।

एनफाको मंगलबार र बिहीबार बसेको कार्यसमितिको बैठकले वर्षमा महिला तथा पुरुषको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकलरस्कुटर तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकलरस्कुटर प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, एन्फाले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि एन्फा केन्द्रिय सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा हरि खड्का र सञ्जिव मिश्र सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।

हेर्नुहोस् अन्य निर्णयहरुः